ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै


२०८१ जेठ ५ शनिबार ०७:०९ बजे

काठमाडौँ । जारी ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेटको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । त्रिवि मैदानमा हुने यो खेल आज बिहान १० बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफले आफ्ना सबै चार खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

त्यस्तै सुदूरपश्चिमले आफ्ना ४ मध्ये ३ खेल जितेर दोस्रो हुँदै फाइनलमा पुगेको छ । ललितपुर मेयर्स कपमा एपीएफ र सुदूरपश्चिमसहित ५ टिमले भाग लिएका छन् । जसमा एपीएफ, सुदूरपश्चिम प्रदेशसहित ललितपुर मेयर एघार, बागमती प्रदेश र कोशी प्रदेशका टिम थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७