कान्ति लोकपथबाट कार खस्दा अचेत अवस्थामा उद्धार गरिएका तीन जनाको खुल्यो पहिचान


५ जेष्ठ २०८१, शनिबार
Accident Car

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डस्थित मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिक चौतारामा शनिबार बिहान कार भिरमा खसेपछि अचेत बवस्थामा उद्धार गरिएका तीन जनाको पहिचान खुलेको छ ।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार बिहान साढे ७ बजे दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दीप साह, रौतहट मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विवेक साह र मकवानपुरको भिमफेदी गाउँपालिका–८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि एम्बुलेन्सबाट हेटौँडा अस्पताल ल्याइँदै गरेको प्रवक्ता भण्डारीले जानकारी दिए । कार अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७