प्रचण्डकै अघि माधव नेपालको व्यङग्य : हामी तमासा नियालिरहेका छौं


२०८१ जेठ ५ शनिबार ०६:५६ बजे

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू अहिलको राष्ट्रिय राजनीतिका सबै घटनालाई नजिकबाट नियालेर बसिरहेको बताएका छन् ।

आज (शनिबार) नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनयुद्धका चिठी र कालीकोट नामक पुस्तक प्रकाशनका क्रममा अध्यक्ष नेपालले अहिलको अवस्थामा प्रधानमन्त्री प्रचण्ड जति व्यस्त कोही नभएको व्यङग्य समेत गरे । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग जोडबल नभएकाले एकता हुन नसकेको स्पष्ट पारेका छन् । उनले एकीकृत समाजवादी र माओवादी केन्द्रको एकअर्काबाट जोडबल नभएकाले एउटै पार्टी बन्न नसकेको बताए ।

एकीकृत समाजवादी पार्टी स्थापनाका पृष्ठभूमीको दस्तावेज आउन लागेको जानकारी दिँदै उनले भने, ‘अलिकति कोर्स लिएको भए तपाईं, हामी एउटै ठाउँमा, एउटै संगठनमा एउटै भएर लाग्थ्यौं होला । यहाँ अलिकति जोडबल पुगेन कि क्या हो ? अलिकति हाम्रो पनि ध्यान १० तिर छरिएका थिए क्या हो । अतिकति लामो समय लिएर कुरा गएको भए एक हुन्थ्यो कि । इतिहासले बेग्लै कोर्स लिने थियो ।’

नेपाली समाजलाई समाजवादी बाटोको दिशामा लानुपर्ने धारणा नेपालले राखे । उनले कम्युनिस्ट पार्टीको पसल एउटै भएको भए उपयुक्त हुन्थ्यो भन्ने सबैलाई लागेको टिप्पणी गरे । ‘धेरै पार्टी हुँदा कति धेरै पसल खुलेको भन्ने कुरा छ । पसल अलग–अलग नभएको भए एउटै भए, एउटा विशाल भण्डारण त्यहिँ हुन्थ्यो’, उनले भने, ‘त्यसका लागि हामी सबैको प्रयास आवश्यक छ । अहिलेको अवस्थाबाट नै हामी आत्तिनु हुँदैन ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७