संसद सँधैं बन्धक बन्न सक्दैन, सौहार्दपूर्ण नभए अध्यादेशको बाटो खोज्नु पर्ने हुनसक्छ : सभामुख


२०८१ जेठ ५ शनिबार ०७:१२ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ बन्दक बनिरहेको बताएका छन् । आज (शनिबार) नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको विषय उठाउने संसद आज बन्धक बनिरहेको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन । अहिले संसदमा जे गतिविधिहरु भइरहेका छन् त्यो राम्रो संकेत होइन । संसदमा के भइरहेको छ र के हुनुपर्छ यो सबैको चासोको विषय हो । किनभने संसदमा हुनुपर्ने बहस र छलफलहरु अगाडि बढ्न सकिरहेको छैन् । संसद बन्धक बनिरहेको छ । जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ आज अवरोध छ ।’

उनले संसद सधै अवरुद्ध रहने हो भने संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट कतिपय बाटोहरु खोल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले भने, ‘यस्तै चल्ने हो भने निकटमा आइरहेको बजेट पारित गर्ने कुरा अथवा यस्तै अन्य विषयहरुका लागि नयाँ बाटो खोज्नु पर्ने हुनसक्छ ।

अहिले सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिरहेको अवस्थामा सरकारले बहुमत देखाउँछु भनेर बहुमतको लागि मिति पनि तोकेको अवस्था छ । यस्तो अवस्थामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ । त्यसैले यो बेला संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट यस्ता कतिपय बाटोहरु खोल्नुपर्ने अवस्था आउँछ । अहिलेको अवस्थामा हामी गयौं भने प्रजातन्त्रलाई कसरी उपयोग गर्ने भन्ने कुरा फेरि वहसमा आउनसक्छ ।’

हालकै प्रणाली अन्तरगत संसद रोकिएर बस्न सक्दैन र बस्नु पनि नहुने भन्दै यसमा निर्णय लिनको लागि सबैको साथ सहयोग आवश्यक भएको पनि उनको भनाइ छ । सभामुख घिमिरेले यतिबेला सरकार, व्यवस्थापिका र न्यायपालिकाको राष्ट्र र जनताप्रति भूमिका के हो भन्ने कुरा जनताले बुझने भएकाले यसको समीक्षा हुनुपर्ने औंल्याए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७