रविजीले गृह मन्त्रालय लिएर बस्न मिल्दैन : डा. शेखर कोइराला


२०८१ जेठ ५ शनिबार ०८:०४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन् । पार्टी निकट वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने उपप्रधानमन्त्री बसिरहन सक्ने तर गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताए ।

कोइरालाले भने, ‘उहाँमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस् । त्यति बेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन ।’ लामिछाने गृहमै बसिरहँदा देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने दावी गरे । उनले भने, ‘गृह मन्त्रलयमा उहाँ बसेपछि सिआइबीले कसरी छानबिन र अनुसन्धान गर्छ ? नेता कोइरालाले देशभरीको छानबिन समिति पार्टी र सांसदले नभई प्रहरीले गर्ने बताएका छन् ।

अहिलेको विवाद कांग्रसले दोषी भनेको र अरूले दोषी छैन भन्नेबीचको कुरा मात्रै रहेकाले निष्कर्षमा पुगेपछि समाधान हुने कोइरालाले बताए । ‘बोल्नुस् भनेर भनेकै हो हामीहरुले । तर हामीहरुले के भनेको थियौं भने तपाईले बोलिसकेपछि हामीलाई चित्त बुझ्यो भने बस्छौं । होइन भने हामी तपाईले बोलेको विषयको खण्डन गर्छौं, त्यो स्वीकार्य भएन,’ उनले भने । त्यसकारण प्रजातन्त्रमा अझै कांग्रेस जस्तो प्रजातन्त्रिक पार्टीले बोल्न नदिएको भन्नु गलत रहेको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७