एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी– २० को उपाधि


२०८१ जेठ ५ शनिबार ०७:२२ बजे

काठमाडौं । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी–२० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो । कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो । योसंगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७