राजेन्द्र महतोको मुक्ति क्रान्तिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा


५ जेष्ठ २०८१, शनिबार
Rajendra Mahato

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौंमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निश्कर्ष निकालेको छ ।

अब जेठ ६ गतेदेखि आगामी असार ४ गतेसम्म देशभर विभिन्न गतिविधिमार्फत संघर्षका कार्यक्रम अगाडि बढाउने बताइएको छ । जसअन्तर्गत अन्तरक्रिया, विरोध र आमसभाजस्ता कार्यक्रमहरु रहेका छन् । त्यस्तै देशभरी भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रमहरु अन्तर्गत जेठ २१ गते दाङ, जेठ २६ गते विराटनगर, जेठ २९ गते बुर्तिवाङ, असार १ गते लालबन्दी र असार ४ गते काठमाडौँको माइतीघरमा जनप्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७