गाजाको जबलिया शिविरमा इजरायली आक्रमण : २८ जनाको मृत्यु


२०८१ जेठ ६ आइतबार १६:३१ बजे

काठमाडौं । उत्तरी गाजापट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेको जनाएको छ । मृतकमध्ये अधिकांश बालबालिका र महिला छन् ।

प्यालेष्टिनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा शरणार्थीका लागि जबलिया शिविरमा विस्थापितका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइल प्रहार गरेका बताएका छन् । अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूहरू इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन् । घटनापश्चात एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको ठाउँमा पुगेका छन् ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले हवाइ र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा धेरै मानिसको मृत्यु भएको छ । यसैबीच, कमल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार विज्ञप्तिमार्फत सेनाले जबलियामा धेरै लडाइँमा ठूलो संख्यामा आतंकवादी लडाकूको मृत्यु भएको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७