एम्बुलेन्सले ठक्कर दिंदा ‘मर्निङ वाक’ मा निस्केकी एक महिलाको मृत्यु, दुई जना गम्भिर घाइते


२०८१ जेठ ६ आइतबार ०७:२१ बजे

बुटवल । बुटवलको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– ११ बस्ने कमला नेपाली छन् । बुटवल ११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् ।

अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका– १३ झोलुङ्गे पुल नजिकै उनीहरूलाई ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिब ५ बजे बाटोमा ‘मर्निङ वाक’ मा निस्किएका उनीहरु एम्बुलेन्सले ठक्कर दिएपछि घाइते भएका थिए ।

घाइतेहरूको स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएकोमा एक जनाको बिहान ५ः३४ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ । दुर्घटनाका घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७