म्यानचेस्टर सिटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी


२०८१ जेठ ६ आइतबार ०७:३९ बजे

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् । म्यानचेस्टर सिटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् ।

आइतबार हुने प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई पराजित गरेमा लिगको उपाधि जित्ने छ । प्रिमियर लिगको उत्कृष्ट खेलाडीको सूचीमा फोडेनसहित म्यानचेस्टर सिटीकै इर्लिंग हालाण्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेकन राइस, लिभरपुलका भिर्गिल भान डाइक, न्यूक्यासलका एलेक्जेन्डर इसक, एस्टन भिल्लाका ओली वाटकिन्स तथा चेल्सीका कोले पाल्मर दौडमा थिए । चेल्सीका पाल्मर यस सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७