फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुई पटक सगरमाथा शिखरमा


२०८१ जेठ ६ आइतबार ०६:५४ बजे

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एक सातामै दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रो पटक सगरमाथा शिखर चुमेकी हुन् । आठ दिनअघि (१२ मेमा) उनले दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसको एक सातामै उनी दोस्रो पटक सगरमाथा शिखरमा पुगेकी हुन् ।

विश्वका दर्जनौं हिमशिखर आरोहण गरिसकेकी श्रेष्ठले यसअघि सन् १०१८ मा पहिला ेपटक सगरमाथा आरोहण गरेकी थिइन् । विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनका पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन् ।

उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । पूर्णीमाले पहिलोपटक ८ हजार मिटरको हिमाल यात्रा गृह जिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन् । २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७