कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १३ घाइते, दुई जना गम्भीर


२०८१ जेठ ८ मंगलबार ११:४७ बजे

काठमाडौं । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको टिपर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा मंगलबार बिहान एकापसमा ठोक्किँदा माइक्रोमा सवार १३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७