‘ठेकेदार मन्त्री’ धनबहादुरको सम्पत्ति : सात वटा घर, १५० तोला सुन


२०८१ जेठ ८ मंगलबार ०७:५४ बजे

काठमाडौं । शहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता धनबहादुर बुढाको काठमाडौं र डोल्पामा गरी ७ वटा घर रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको ७ वटा घर देखिएको हो । डोल्पाको ठूलोभेरी नगरपालिकामा ४ वटा तथा काठमाडौंमा ३ वटा घर रहेको पाइएको हो । ती घर मन्त्री पत्नी हिमाली बुढाको नाममा छन् ।

काठमाडौं महानगरपालिका ६ मा एउटा ७ तले र दुई वटा ३ तले घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्रीको सुन १५० तोला र चाँदी ३ सय तोला रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्रीले आफ्नो नाममा १५ लाख र पत्नीको नाममा ४५ लाख नगद देखाएका छन् । मन्त्रीका दुई वटा गाडी छन् । सम्पत्तिको स्रोतमा पैत्रिक र व्यवसायबाट कमाएको उल्लेख गरेका छन् । मन्त्री बुढा ठेकेदार हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७