विकल पौडेल भ्रष्टाचारी ठहर


२०८१ जेठ ८ मंगलबार ०७:४१ बजे

काठमाडौं : सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले विकल पौडेललाई २ वर्ष कैद सजाय र २५ करोड जरिवाना र बिगो असुल गर्नुपर्ने ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

पौडेलसँगै मेकानिकलतर्फका तत्कालीन सीडीई (हाल वन तथा वातावरण मन्त्रालय) नवीनकुमार पोखरेल, इन्जिनियरिङ मार्केटिङ कन्सर्ननामक कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन पनि यस घोटालामा दोषी ठहर भएका छन् । उनीहरूलाई ६ महिनाका दरले कैद सुजाय सुनाइएको छ ।

विकल पौडेलविरुद्ध विदेशको पीआर लिएर नेपालको सार्वजनिक पदमा बसेकोमा अर्को भ्रष्टाचार मुद्दा पनि अख्तियारले अदालतमा दायर गरेको छ । यो मुद्दा विशेष अदालतमा विचाराधीन छ । उनीमाथि अकुत सम्पति मुद्दामा पनि अनुसन्धान पनि जारी छ ।

आरोपमा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीले सफाइ पाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७