रोनाल्डोको कप्तानीमा युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा


२०८१ जेठ ९ बुधबार ०७:०५ बजे

काठमाडौँ । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ ।

पोर्चुगलको टिम :

गोलकिपर – डिओगो कोस्टा, जोसे सा र पार्टिसियो ।
डिफेन्डर – एन्टोनियो सिल्भा, डिओगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे र रुबेन डायस ।
मिडफिल्डर – ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, ड्यानिलो परेरा, जोआओ पाल्हिन्हा, ओटाभियो, रुबेन नेभ्स र विटिन्हा ।
फरवार्ड – क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कन्सेइकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो र राफेयल लियो ।

युरोकपमा पोर्चुगल समुह एफ मा रहेको छ । समूह एफमा पोर्चुगलसहित, टर्की, जर्जिया र चेक रिपब्लिक रहेका छन् ।पोर्चुगलले युरोकपमा आफ्नो पहिलो खेल जुन १८ मा चेक रिपव्ब्लिकसँग खेल्ने तालिका रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७