कांग्रेस नेता जोशीको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ


२०८१ जेठ ९ बुधबार ०७:३६ बजे

काठमाडौँ । नेपाली कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज (बुधबार) सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा मङ्गलवार उनीविरुद्धको मुद्दाको पेशी तोकिए पनि सुनुवाइ हुन नसकेपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्चमा जोशीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो । अख्तियारले २०६० सालको पुस १८ गते पूर्वमन्त्री जोशीविरुद्ध ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट यो मुद्दा २०७० सालको साउन १५ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

दर्ता भएको ११ वर्षपछि बल्ल सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु भएको हो । पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७