कैलाश सिरोहियासँग कुनै रिसइबी छैन, बढ्ता होहल्ला जरुरी छैन : प्रधानमन्त्री


२०८१ जेठ ९ बुधबार १६:४७ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी नरहेको बताएका छन् । आज (बुधबार) बिहान चन्द्रागिरिमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उनीसँग कुनै रिसइबी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।

उनले भने, ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नु हुन्छ ।’ ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नु भएको छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेश बाहेक आफूले अरू कुरा नजान्ने बताए ।

‘अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई’, प्रधानमन्त्रीको जवाफ छ । गृहमन्त्री रवि लामिछाने सिरोहियाको सवालमा व्यक्तिगत रूपमै उत्रेको भन्ने भनाइमा पनि सत्यता नभएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा मात्रै हो । अब उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । यो हल भइहाल्छ ।’ सिरोहियालाई दोहोरो नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७