सिरोहिया पक्राउप्रति अमेरिकाले खोल्यो मुख : सार्थक संवाद होस्


२०८१ जेठ ९ बुधबार ०७:१० बजे

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि अमेरिका पनि बोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक स्टेटमेन्ट जारी गर्दै प्रेस स्वतन्त्रता र जवाफदेहीता मार्गदर्शक सिद्धान्त भएको बताएको छ ।

सिरोहिया नागरिकता कीर्ते प्रकरणमा मंगलबार कार्यालयबाटै पक्राउ परेका थिए । सिरोहिया प्रक्राउपछि अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् ।’

दूतावासले अगाडि भनेको छन्, ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७