कतारमा अर्घाखाँचीबासीको नेता रायमाझीलाई भव्य स्वागत


२९ जेष्ठ २०७५, मंगलवार
topbahadur raymajhi

कतार, २९ जेठ । नेकपाको नेता, पूर्वउपप्रधानमन्त्री तथा वर्तमान अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझीलाई अर्घाखाँचीवासीले कतारमा भव्य स्वागत गरेका छन् । कतार भ्रमणमा रहेको नेता रायमाझीलाई अर्घाखाँची सेवा समाज कतारले स्वागत गरेको हो । topbahadur raymajhi

स्वागत कार्यक्रममा जिल्लाबासी साथै अन्य जिल्लाका नेपालीहरूको उल्लेखनीय उपस्थित रहेको थियो । उनलाई उपस्थितिहरूले खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रम संस्थाको समसामहिक गतिविधिबारे सस्ताका प्रमुख सल्लाहकार क्रान्ति सिंह जिल्लाबाट रोजगारीको सिलसिला यहाँ आई विभिन्न समस्या परेर अलपत्र परेका व्यक्तिहरूलाई उद्धार गरी स्वदेश फिर्ता पठाउने, प्राकृतिक प्रकोपमा संस्थाले सहयोग गर्दे आइरहेको जानकारी गराए ।

यसै गरी छिट्टै जिल्लामा समाजले एम्बुलेन्स हस्तान्तरण गर्ने लागेको समेत उनले जानकारी दिए । अहिले एम्बुलेन्समा आवश्यक पर्ने सामाग्री ब्याबस्थापनको कार्य भैइरहेको निजको कम्पनीसँग निरन्तर आफू सम्पर्कमा रहेको बताए । कम्पनीको समस्याले गर्दा एक महिना पहिले आउने भनिएता पनि भन्सारमा केहीदिन रोकिनु परेकोले निर्धारित समयभन्दा केही ढिला हुन गएको बताए ।

यस्तै कार्यक्रम नेता रायमाझिले मुस्लिम समाजको निमन्त्रणमा आफू कतार आएपनि अर्घाखाँची सेवा समाजसँग भेटघाट हुँदा खुसी लागेको बताए । उनले विदेशमा सिकेका सिपलाई स्वदेशमा प्रयोग गर्नुपर्ने समेत सुझाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७