वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर सातको मृत्यु


२०८१ जेठ ९ बुधबार ०६:५४ बजे

काठमाडौं । उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । नौ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले जेनिन सहर र यसको शिविरमा आक्रमण गरेको थियो । जसले जेनिन शिविर वरपर केन्द्रित टकरावको प्रकोप निम्त्याएको छ । प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार मृत्यु हुनेमा जेनिन अस्पतालका शल्य चिकित्सा विशेषज्ञ असिद जबरीन, शिक्षक अल्लाम जरादत र घर फर्कने क्रममा एक विद्यार्थी थिए ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरु भएदेखि वेस्ट बैंकमा मृत्यु हुनेको संख्या ५१३ पुगेको बताइएको छ । इजरायलको रक्षा बलले वेस्ट बैंकको जेनिन सहरमा आतंकवाद विरोधी अभियान सुरु गरेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७