कांग्रेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठक जारी


९ जेष्ठ २०८१, बुधबार
congress 6

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायतलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । छानबिन समिति बनाउन सहमति भएर कार्यदल गठन गरे पनि टीओआरमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच आ–आफ्नो अडान कायम रहँदा समिति बन्न सकेको छैन ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेलेरै पारित गर्ने तयारी गरेपछि थप रणनीति तय गर्न बैठक बोलाइएको हो । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने अडानमा सदन अवरुद्ध गरिरहेको कांग्रेस हिजो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया नागरिकतासम्बन्धी कसुरमा पक्राउपछि थप आक्रोशित बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७