सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा


९ जेष्ठ २०८१, बुधबार
sahakari Protest

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रा चरणको आन्दोलन घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो ।

महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने उनले बताए ।

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उनले उद्घोष गरे । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए । सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे । आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएपनि केहि नभएको को बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७