घुर्की लगाएर शपथ नलिएपछि हटाइएका विनोद शाह फेरि बने कृषिमन्त्री


२०८१ जेठ ९ बुधबार ०७:२१ बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री कँडेलको सिफारिसमा नेकपा एमालेका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सकारी मन्त्रीमा विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शाहलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । १८ वैशाखमा शाहलाई मुख्यमन्त्री कँडेलले कृषि मन्त्रालयकै जिम्मेवारी दिएका थिए । तर, शाहले मन्त्रालयको जिम्मेवारीको विषयलाई लिएर शपथ बहिस्कार गरेका थिए ।

त्यतिबेला मन्त्रालयको जिम्मेवारी दिने विषयमा मुख्यमन्त्रीले आफूलाई ‘बाइपास’ गरेको भन्दै लामो समय शथप नलिएर काठमाण्डौं बसेका शाहलाई मुख्यमन्त्री कँडेलले २ जेठमा बर्खास्त गरिदिएका थिए । मुख्यमन्त्री कँडेलले शाहसँग छलफल गरेर मन्त्रालयको जिम्मेवारी दिएसँगै कर्णालीमा एमालेभित्र रहेको विवाद समाधान भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७