सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकी दूतावासले दिएन भिसा


२०८१ जेठ ९ बुधबार १०:३३ बजे

काठमाडौं । अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इण्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमे्रिकाको भिसा एप्लाई गरेका थिए ।

जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपमा सन्दीप लामिछानेले खेल्न नपाउने निश्चित भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिषा आवेदन अस्विकार गरेसँगै उनले नेपालबाट विश्वकप खेल्न नपाउने निश्चित भएको हो ।

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/1005702277592375?ref=embed_post

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७