नाबालिकालाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ


९ जेष्ठ २०८१, बुधबार
Rashmi Lama

काठमाडौं । आर्थिक लाभ लिएर नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटको ककनी गाउँपालिका–५ की २९ वर्षीया रश्मी लामालाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार परिवर्तित नाम ’२६ बबरमहल–३०१’ जाहेरीमा उनलाई पक्राउ गरिएको हो । सुरुमा रश्मीले बबरमहल–३०१ लाई राम्रो आम्दानी हुने काममा लगाइ दिने प्रलोभन देखाएको ब्युरोले जानकारी दिएको छ । त्यसपछि उनले ‘दिदीको खाजा घर’ मा काममा लगाइ दिएकी थिइन् । खाजा घर सञ्चालकले खाजा खान आउने र सम्पर्कमा आएका व्यक्तिहरूसँग डिल गरी विभिन्न होटल तथा गेस्ट हाउसमा वेश्यावृत्तिको लागि पठाउने गरेको खुलेको छ ।

पीडितको इच्छाविपरीत ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न बाध्य बनाइराखेको अवस्थामा ब्युरोबाट खटिएको प्रहरी टोलीले बबरमहल–३०१ लाई उछार गरेको थियो । त्यस क्रममा ब्युरोले रश्मीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा पीडित नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिएर जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको पाइएको छ ।

विभिन्न गेस्ट हाउसमा पठाएर उनले आर्थिक लाभ लिने गरेको पाइएको ब्युरोले जनाएको छ । घटनासमा संलग्न अन्य प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आज काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७