गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्न राप्रपाको माग


९ जेष्ठ २०८१, बुधबार
rr 3

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि पनि अनुसन्धान गर्न माग गरेको छ । आज (बुधबार) बसेको केन्द्रीय कार्यसमिति बैठकले कानुन समान रुपमा लागु हुनुपर्ने बताएको छ । ‘अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरुपयोगसम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ ।

राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनु पर्दछ भन्नेमा प्रष्ट छ’, बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रबी लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनु पर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनु पर्दछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७