चराको प्वाँख ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो


१० जेष्ठ २०८१, बिहीबार
pyakh XcSui3lzmh

काठमाडौं । न्यूजिल्याण्डको लोप भइसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ । आजको बजार मूल्यअनुसार ३७ लाख ७८ हजार ३२४ रूपैयाँ पर्छ । लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ ।

यो चरा न्यूजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो । यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो । न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा देखिएको थियो ।

दुई–तीन दशकअघि पनि यसको दर्शनका केही अपुष्ट समाचारहरू आएका थिए । यो चरा यसको जम्प गर्ने क्षमता र सुन्दर प्वाँखका लागि परिचित थियो । सोमबार लिलामी गरिएको प्वाँख राम्रो अवस्थामा रहेको र कीराले क्षति नगरेको लिलामी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७