ताइवान आसपास चीनको सैन्य अभ्यास


१० जेष्ठ २०८१, बिहीबार
taiwan

बेइजिङ । ताइवानमा नयाँ राष्ट्रपति विलियम लाईले आफ्नो कार्यकाल सुरु गरेको तीन दिनपछि आसपास इलाकामा चीनले मिलिटरी ड्रिल्स (सैन्य रिहर्सल) थालेको छ । चाइनिज पिपुल्स लिबरेसन आर्मीका प्रवक्ता ली सीले उक्त मिलिटरी ड्रिल्सलाई पृथकतावादी कार्यका निम्ति बलियो सजाय भएको टिप्पणी गरेका छन् ।

नयाँ राष्ट्रपतिले गएको सोमबार कार्यभार सम्हाल्ने क्रममा चीनलाई सेनामार्फत र राजनीतिक रूपमा ताइवानलाई नधम्क्याउन चेतावनी दिएका थिए । त्यसको जवाफमा चीनका विदेशमन्त्री वाङ यीले ‘लज्जास्पद’ भनी टिप्पणी गरेका थिए ।
सैन्य ड्रिल्स आज (बिहीबार) बिहान सुरु भएको जनाइएको छ । उक्त कार्यक्रम ताइपेईको नियन्त्रणमा रहेका किनमेन, मात्सु, विकियु र दोन्गजीन क्षेत्रमा समेत गरिएको जनाइएको छ ।

चीनको उक्त कार्यलाई ताइवानको रक्षा मन्त्रालयले तर्कहीन उत्तेजना भनेको छ । ताइपेईले सार्वभौमसत्ताको प्रतिरक्षाका निम्ति नौसेना, हवाई सेना र ग्राउन्ड फोर्सेज पनि त्यसतर्फ पठाएको जनाएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग भन्दै आएको छ । ताइवानले भने आफूलाई भिन्न रहेको जनाइरहेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७