ग्वार्कोमा गाडीले ठक्कर दिंदा सिरहाका युवकको मृत्यु, चालकको खोजी हुँदै


१० जेष्ठ २०८१, बिहीबार
accident 2

काठमाडौं । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् ।

प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ ।

‘घटनास्थल आसपासका सीसीटीभी क्यामेरा फुटेज हेर्दा टिपरले ठक्कर दिएको जस्तो देखिन्छ’, एसपी नरेशराज सुवेदीले भने, ‘हामी व्यापक खोजी गरिरहेका छौँ ।’ यादवको शव बीएन्डबी अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७