विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं, खेलाडी निर्धक्क खेल्ने छन् : पारस खड्का


२०८१ जेठ १० बिहीबार ०७:२१ बजे

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्न सक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको बताएका छन् ।

विश्वकपको तयारीबारेमा पूर्व कप्तान समेत रहेका खड्काले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरेका हुन् । उनले विश्वकप अगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुप र्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए । फरक–फरक कन्डिसनमा नेपाली टिमले लगातार क्रिकेट खेलेको उनको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उनको विश्वास छ ।

पूर्वकप्तान खड्काले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताएका छन् । सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नु पर्छ भन्ने खालको पनि रहेको पनि उनको भनाइ छ । अधिकांश टोलीले अमेरिका र वेस्ट इन्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए ।

खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारस खड्काको बुझाइ छ । नेपाली टोली वेस्ट इन्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७