सन्दीपको भिसा प्रक्रियाबारे कुरा गर्न पारससहित सिंहदरबारमा ज्ञानेन्द्र शाही


२०८१ जेठ १० बिहीबार ०६:५९ बजे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एशोसिएसन (क्यान) ले आफ्नो पहललाई तीब्र बनाएको छ । क्यानका सचिव पारस खड्का लगायतले भिसा प्रक्रियाका लागि आज खेलकुदमन्त्रीदेखि प्रधानमन्त्री कार्यालयसम्म दौडधुप गरेका छन् ।

उनले आज खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर भिसा प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । शाहीले लेखेका छन्, ‘बिहानैदेखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्री ज्यूसँग पहल गरेका छौं ! आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ । नेपाली चन्द्र सुर्य झण्डा फरफराउने छ !’

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इष्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसकेको छ । उच्च अदालत पाटनबाट बलात्कार गरेको आरोपमा लामिछानेले सफाइ पाएपछि क्यानले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउन लागेको हो । तर अमेरिकाले भने लामिछानेलाई भिसा दिएको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७