रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा आफ्नै कर्मचारी गम्भिर घाइते


१० जेष्ठ २०८१, बिहीबार
sita Air

काठमाडौँ । रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी गम्भिर घाइते भएका छन् । बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको ट्वीनएटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार एयरपोर्टमा जहाज उडानको संकेत गराइरहेका भामलाई चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले भामलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको हो । उनलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७