सन्दीपको भिसा पहलका लागि खेलकुद मन्त्रालयले लेख्यो परराष्ट्रलाई पत्र


१० जेष्ठ २०८१, बिहीबार
sandeep
तस्वीर : ज्ञानेन्द्र शाही

काठमाडौं । अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल अगाडि बढाएको छ ।

आज युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ ।

मन्त्री श्रेष्ठले सन्दीपको भीसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरिरहेको जानकारी दिँदै त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताए । अब परराष्ट्र मन्त्रालयले सन्दीपको भीसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ । हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । उनी आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७