सिरोहिया पक्राउबारे ओली : देशमा सबै कानुन मातहत छन् भन्ने बुझ्न पर्छ

‘मिडिया हाउसका मान्छे गिरफ्तार हुँदा डेमोक्रेसी खतरामा परिहाल्यो त ?’


१० जेष्ठ २०८१, बिहीबार
kp oli1696601015

झापा । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत ब्याख्या गर्न नहुने बताएका छन् ।

झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत ब्याख्या उचित नहुने बताए । उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन् ।

उनले भने, ‘त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन । कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’ उनले टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७