सिंहदरबारमा फेरि छलफलमा जुट्यो कार्यदल, टीओआरमा होला सहमति ?


१० जेष्ठ २०८१, बिहीबार
samsadiya

काठमाडौं । सहकारीको रकम अपचलनको विषय छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक सिंहदरबारमा जारी छ । बैठक केही बेरअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो ।

बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दलका सांसद जीवन परियार सहभागी छन् । त्यस्तै कांग्रेसकै सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल पनि बैठकमा छन् ।

यसअघिका तीन वटा बैठक निष्कर्षमा पुग्न नसकेपछि कांग्रेसले सत्तापक्षलाई मूर्त प्रस्तावसहित आउन भनेको छ । ‘हामीले ठोस प्रस्तावसहित आउनु होला भनेका छौं । उहाँहरूले के प्रस्ताव ल्याउनुहुन्छ, छलफल त्यही आधारमा तय हुन्छ,’ उनले भने, ‘हामीले त आन्दोलन घोषणा गरिसकेका छौं ।’

प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ । कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ । बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७