‘टीओआर’ टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन


१० जेष्ठ २०८१, बिहीबार
samsadiya

काठमाडौं । सहकारी ठगीको विषयमा छानबिन समितिको ‘टीओआर’ बनाउन गठित कार्यदलको वैठक आज (बिहीबार) पनि निष्कर्षविहिन भएको छ । बिहीबार अपराह्न सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

कार्यदलको बैठकमा सहमति जुटाउने गरी अधिकतम प्रयास गरिएको भए पनि सहमति हुन नसकेको उनले बताए । कार्यदलका सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, टीओआरबाट थप छलफलका लागि शुक्रबार बिहान साढे ८ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको हो ।

‘त्यति धेरै नकारात्मक भएन, कांग्रेस अलिकति लचक भएको जस्तो देखिँदैछ,’ उनले सुनाए, ‘तर अहिले नै सहमति भनेको भएको छैन ।’ यसअघि गत मंगलबार बसेको बैठक पनि निष्कर्षविहीन बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७