युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल घरबेटी बलात्कार आरोपमा पक्राउ


११ जेष्ठ २०८१, शुक्रबार
Rabi Chudal

काठमाडौं । युट्युबमा विवादित अन्तरवार्ता दिँदै हिँड्ने रविरत्न चुडाल बलात्कार आरोपमा पक्राउ परेका छन् । उनीविरुद्ध काठमाडौंकै ५२ वर्षीया महिलाले बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वशन्त रजौरेले जानकारी दिए ।

ती महिलाको जाहेरी प्रहरीले सुरुमा दर्ता गर्नै अस्वीकार गरेको थियो । तर महिलाले उच्च अदालतबाट आदेश लिएर आएपछि प्रहरीले जाहेरी दर्ता गर्दै अनुसन्धान अगाडि बढाएको हो । महिलाको महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर बसेका थिए । उनी फेन्सी स्टोर चलाउँथे । सो घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए । उनी ५२ विर्षीया विधवा हुन् ।

उनको श्रीमानको २०६४ सालमा मृत्यु भएको थियो । उनका दुई छोराहरु हाल विदेशमा छन् । चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै छन् । महिलाको भनाइ अनुसार २०७३ साल असार १८ गतेदेखि चुडाल उनको घरमा भाडा लिएर बस्दै आएका छन् । महिलाले आफूलाई २०८० जेठ १७ गते चुडालले बलात्कार गरेको आरोप लगाएकी छन् ।

हदम्याद सकिन केही दिन अघि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको हो । चुडालले केही दिनअघि पनि युट्युवमा गृहमन्त्री रवि लामिछानेको प्रशंसा गर्दै गगन थापामाथि जथाभावी आरोप लगाएका थिए । २ कक्षासम्मको अध्ययन गरेका चुडाल यसअघि ड्रग्स र रक्तचन्दनको केसमा केही समय जेल परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७