सिरोहियाको आजदेखि बयान, म्याद थपका लागि अदालत लगिंदै


११ जेष्ठ २०८१, शुक्रबार
kailash sirohiya 1

धनुषा । नागरिकता कीर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको आज (शुक्रबार) देखि बयान शुरु हुँदैछ । सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । सिरोहियालाई शुक्रबारसम्म मात्रै तीन दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको थियो ।

बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो । अध्यक्ष सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ । प्रहरीले पाएको म्याद बिहीबार नै सकिएको छ । बिहीबार सार्वजनिक विदा रहेकाले प्रहरीले आज अदालत लग्दैछ ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७