सिरोहियाको सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि बयान

सिरोहियाको पक्षमा सात वरिष्ठ अधिवक्तासहित १२ वकिलको टोली


११ जेष्ठ २०८१, शुक्रबार
kailash sirohiya 1

काठमाडौं । धनुषाको प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको झण्डै दुई घण्टादेखि बयान चलिरहेको छ । शुक्रबार बिहान झण्डै ११ बजेदेखि सरकारी वकिल कार्यालयमा सिरोहियाको बयान जारी रहेको सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालले जानकारी दिए ।

सरकारी वकिल कार्यालय प्रमुख सुदीपकुमार दंगालका अनुसार, बयान सकेर मात्रै उनलाई अदालत लैजाने तयारी छ । सिरोहियाको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, मधेस प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत जिल्ला अदालत, धनुषा पुगिसकेका छन् । धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न सुरुमा तीन दिनको म्याद दिएको थियो ।

shambhu thapa

सिरोहियालाई थप हिरासतमा राख्न अदालतले आज अनुमति दिनुपर्ने हुन्छ । अदालतले अनुमति नदिए उनलाई छाड्नपर्ने हुन्छ । नागरिकतासम्बन्धी विवादमा सिरोहिया थापाथलीस्थित कान्तिपुरको मुख्यालयबाट गत मंगलबार पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनलाई जनकपुर लगिएको थियो । बुधवार धनुषा प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै अदालतबाट अनुमति माग्यो ।

जिल्ला सरकारी वकिल कार्यालयले ५ दिनको म्याद थप्न सिफारिस गरेकोमा अदालतले तीन दिनको म्याद दियो । प्रहरीले अनुसन्धान नसकेको भन्दै सिरोहियालाई आज पुनः अदालतमा पेश गरेर म्याद थप्न माग गरेको छ । तर सिरोहियालाई हिरासतमुक्त गराउन ७ वरिष्ठ अधिवक्ता र ५ अधिवक्ताले आज बहस गर्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७