नेपालमा कोरोनाको नयाँ ‘भेरियन्ट’ ‘केपी.१’ र ‘केपी.२’ पुष्टि


२०८१ जेठ ११ शुक्रबार ०७:०८ बजे

काठमाडौं । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जेठ २ मा विभिन्न ४२ वटा नमूनाको जिन स्क्विेन्सिङ्ग गर्दा १२ वटामा केपी.१ र १७ वटामा केपी.२ सब भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैसीका अनुसार विश्व स्वास्थ्य सङ्गठनले केपी.२ नामक सब भेरिएन्टको बारेमा थप अध्ययन अनुसन्धान भइरहेको बताएको छ । जैसीले अहिलेसम्म केपी.१ र केपी.२ बढी संक्रामक भएको वा मृत्यु गराएको प्रमाण फेला नपरेकाले आत्तिनुभन्दा पनि सावधानी अपनाउन आग्रह गरे । ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्म मभारत, सिङ्गापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७