सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भयो : माधव नेपाल


११ जेष्ठ २०८१, शुक्रबार
madhav nepal 1

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत भएको बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कुनै विषयमा बुझ्न खोजे बोलाएर छलफल गर्न सकिने भए पनि कान्तिपुर अधयक्ष सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गर्ने तरिका गलत भएको बताएका हुन् ।

अनुचित गरेको छ भने उचित ढंगले सजाय गर्न सकिने भए पनि गम्भीर अपराधी जस्तो पहिले नै गिरफ्तार गर्ने कामलाई परिवर्तन गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले विषय एउटा र तर्साउन खोजेको अर्को भन्ने कुराहरू उठिरहेको भन्दै तर्साएर शासन गर्ने सोचिएको भए गलत भएको धारणा राखे । त्यस्तै नेपालले अहिले देखिएको राजनीतिक गतिरोध वार्ता र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७