बालुवाटारमा कांग्रेससहित सत्तारुढ दलको बैठक


११ जेष्ठ २०८१, शुक्रबार
karyadal shirsa neta

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलको बैठक जारी छ । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षीबीच छलफलमा बसेका हुन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम नराखिकनै सहकारीको नाम राख्ने विषयमा प्रस्ताव आएपछि उनीहरू छलफलमा जुटेका हुन् । यसअघि संसदीय छानबिन समितिको टीओआरमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ । आज बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७