सल्यानमा भतिजा डनराजको कुटाईबाट काका घनश्यामको मृत्यु


२०८१ जेठ ११ शुक्रबार ०७:३२ बजे

सल्यान । सल्यानमा भतिजाको कुटपिटबाट काकाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका– ४ घर भई हाल शारदा नगरपालिका– ६ बरला बस्दै आइरहेका ३१ वर्षीय हस्तबहादुर विष्ट भन्ने डनराज विष्टको काका नाता पर्ने शारदा नगरपालिका– २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हस्तबहादुरले ४ जेठमा शारदा नगरपालिका– ६ स्थित राप्ती राजमार्गबाट तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै लगेर कुटपिट गरी घाइते बनाएका थिए । घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए । कुटपिट गर्ने भतिजालाई ५ जेठमा पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको थियो । अब उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको धमलाले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७