प्रधानमन्त्रीसँग भेट्दै संक्रमणकालीन न्यायबारे एमनेस्टी इन्टरनेशनल महासचिवको चासो


११ जेष्ठ २०८१, शुक्रबार
pm meeting 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेशनलकी महासचिव अग्नेष्ट कालामार्डले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटमा उनीहरुबीच संक्रमणकालीन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैं प्रयत्नशील रहेको स्पष्ट पारेका थिए । उनले संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताएका थिए ।

सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री प्रचण्डले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरिन् । महासचिव कालामार्डले यसअघि पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७