पपुवा न्युगिनीमा पहिरो, १०० बढीको मृत्यु भएको आशंका


११ जेष्ठ २०८१, शुक्रबार
Landslide 1

काठमाडौँ । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ । मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।

अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ । पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७