सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ


११ जेष्ठ २०८१, शुक्रबार
gold kapada 2

काठमाडौं । सुनको लेपन लगाइएको कपडासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । ३९ वर्षीय नवीन हरिशलाल गोक्लानीलाई बिहीबार दिउँसो करिब ३ बजेतिर पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

दुबईबाट काठमाडौं आएका गोक्लानी आगमन गेट नजिकबाट पक्राउ परेका हुन् । एक्सरे मेशिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको कपडा अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । चेकजाँचका क्रममा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको छ । यस्तै उनको साथबाट ४० ग्रामको सुनको सिक्री पनि बरामद भएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७