सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति


११ जेष्ठ २०८१, शुक्रबार
kailash sirohiya dhanusha

धनुषा । नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराइएको थियो । बुधबार थपिएको तीन दिनको म्याद आज सकिँदै थियो ।

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्ने गरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए । काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलबार पक्राउ परेका सिरोहियामाथि नागरिकता कीर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७