छिचोलियो द्रुतमार्ग अन्तर्गतको धेन्द्रे सुरूङ मार्ग


११ जेष्ठ २०८१, शुक्रबार
surung dhodre 1

काठमाडौं । तराईं-मधेस द्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) अन्तर्गत धेन्द्रे सुरूङमार्ग छिचोलिएको छ । आज (शुक्रबार) आयोजित एक कार्यक्रममा प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेन्द्रे सुरूङ छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

surung dhodre

जोडी सुरूङ (ट्वीन ट्युब टनेल) मध्ये १,६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरूङ मार्ग छिचोलिएको हो । कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा लगायतको उपस्थिति थियो । यसअघि गत जेठ ४ गते लेनडाँडा सुरूङ मार्गको जोडी सुरूङमध्ये काठमाडौंबाट निजगढ जाने १,६३३ मिटर लम्बाइको सुरूङ मार्ग छिचोलिएको थियो ।

७१ किलोमिटर लम्बाइ रहेको काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका लागि २०७४ सालको वैशाखमा नेपाली सेनाले जिम्मा पाएको थियो । तर विस्तृत आयोजना प्रतिवेदन निर्माण, कन्सल्ट्यान्ट छनौट तथा ठेक्का प्रक्रियामा जान सेनालाई चार वर्ष लाग्यो । जसका कारण २०७८ जेठ ३१ गतेबाट मात्र फास्ट ट्र्याकको निर्माण कार्य प्रारम्भ भएको थियो ।

dhodre

यसअघि नेपाली सेनाका फास्ट ट्रयाक आयोजनामा कार्यरत प्राविधिक महासेनानी इन्दीवर गुरूङले जेठसम्ममा धेद्रे र लेनडाँडाको सुरूङ खन्ने काम सकिने बताएका थिए । यो सुरङ मार्ग सकिएसँगै दसैंसम्ममा महादेवडाँडा सुरूङ खन्ने काम सकिने उनले बताएका थिए । सुरूङ खन्ने काममा सेनाले उल्लेख्य प्रगति हासिल गरेको छ । तीन वटै सुरूङमा काठमाडौंतर्फ जाने एउटा र आउने एउटा गरी दुई वटा सुरूङ छन् । जुन डबल लेनमा निर्माण हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७