श्रीमती नतासासँग डिभोर्स गर्दै हार्दिक, ७० प्रतिशत सम्पति दिन तयार !


१२ जेष्ठ २०८१, शनिबार
Hardik.jpg 62024 05 25 03 05 01

नयाँदिल्ली । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्ने क्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन ।

यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मुल्य मुम्बई इण्डियन्सले पनि चुकायो । यस सिजनको आइपिएलमा पुछारमा रहदै सिजन समाप्त गरेको मुम्बईमा पुनः आगमन हार्दिकका लागि ब्याक फायर बन्यो । यस सिजनमा न त उनको व्यक्तिगत प्रदर्सन राम्रो रह्यो न त उनले टिमलाई नै जितको लागि प्रेरित गर्न सके । अब आइपिएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ ।

उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबि गरिएको छ । रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ । यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन् ।

नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि पाण्डेय राखेको र हालै आफ्नो नामको पछाडी रहेको पाण्डेय हटाएपछि पनि अड्कलबाजी बढेको बताइएको छ । सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ । केहि दिनदेखि इन्टरनेटमा चलिरहेको यो खबर बारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । नताशा सर्बियन मोडल र अभिनेत्री हुन् । हार्दिक र नतासाले केहि समयको प्रेमपछि २०२० मा विवाह गरेका थिए । दुवैका एक छोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७