किमाथाङ्कासहित चीनसँग जोडिएका सात परम्परागत नाकाहरू चार वर्षपछि पुनः सञ्चालन

नेपाल–चीनबीच व्यापारिक नाका पुनः सञ्चालनबाट आर्थिक सम्बन्ध प्रगाढ बन्छ : मन्त्री श्रेष्ठ


१२ जेष्ठ २०८१, शनिबार
Nepal china

काठमाडौं । संखुवासभास्थित किमाथाङ्कासहित चीनसँग जोडिएका सात परसम्परागत नाका पुनः सञ्चालनमा आएको छ । नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाकाहरू पुनः सञ्चालनमा आएको हो ।

नेपाल र चीनबीच रहेका १४ मध्ये ७ वटा नाका आजबाट सञ्चालनमा आएको र बाँकी ७ वटा नाका मौसमले अनुमति पाएपछि छिट्टै खुल्ने नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङले जानकारी गराएका छन् । चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङका नाका बन्द गरेको थियो । नाका पुनः सञ्चालन घोषणा कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार किमाथाङ्का नाका पुगेको थियो । राजदूत सोङले सीमापार व्यापारलाई यो कदमले बढवा दिने सामाजिक सञ्जालमार्फत खुसी बाँड्दै लेखेका छन् ।

Nepal china

‘यसले सीमापार व्यापारलाई निकै बढावा दिनेछ र स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउनेछ,’ उनले भनेका छन् ।
कोरोना महामारी देखिएपछि चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका पूर्णरुपमा बन्द गरेको थियो । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए । भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।

कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती वासिन्दाले चरन सुविधा पनि गुमाएका थिए । किमाथाङ्का नाकासँग नेपालको भोटखोला गाउँपालिका जोडिएको छ । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । स्थानीय उत्पादनले मुस्किलले दुईरतीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७